परिवर्तन सम्भव छ, हाम्रै पालामा। आउनुहोस्, एकजुट भई आफ्नो क्षेत्र र देशको विकासमा सहकार्य गरौँ।
मेरो प्रतिबद्धताहरू
भूपेन्द्र जंग शाही नेपाली राजनीतिमा एक ऊर्जावान्, निष्ठावान् र तल्लो तहका नागरिकको आवाज बुलन्द गर्ने प्रखर नेता हुनुहुन्छ। लामो समयदेखि सामाजिक रूपान्तरण, युवा सशक्कीकरण र सुशासनका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएको छ।
जनताको सुख-दुःखमा सधैँ सँगै रहने र समाजमा व्याप्त विसंगति विरुद्ध लड्ने दृढ संकल्प बोकेर उहाँ यसपटकको चुनावी मैदानमा होमिनुभएको छ। पारदर्शी राजनीति र जवाफदेही नेतृत्व नै उहाँको मूल मन्त्र हो।
सरकारी विद्यालयहरूको स्तरोन्नति गर्दै प्राविधिक शिक्षामा जोड र स्थानीय तहमा नै युवाहरूका लागि रोजगारीको सिर्जना।
प्रत्येक नागरिकको पहुँचमा गुणस्तरीय र निःशुल्क आधारभूत स्वास्थ्य सेवा पुर्याउन आधुनिक अस्पताल र बिमा कार्यक्रम तर्जुमा।
नमुना सडक सञ्जाल, स्वच्छ खानेपानी, र कृषि क्षेत्रको आधुनिकीकरणका लागि विशेष सिँचाइ आयोजनाहरूको व्यवस्था।
म सधैँ तपाईंको आवाज सुन्न र सहकार्य गर्न तयार छु।